ad ad

समाज


पोखरीमा डुबेर दुई युवा र एक बालकको मृत्यु

पोखरीमा डुबेर दुई युवा र एक बालकको मृत्यु

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार ०:८,

कपिलवस्तु र रुपन्देहीमा पोखरीमा डुबेर तीनजनाको मृत्यु भएको छ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ५ स्थित मतखनवा पोखरीमा डुबेर शनिबार दुई युवाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पोखरीमा कमलको फूल टिप्न गएका स्थानीय ३२ वर्षीय अशोककुमार पाठक र २६ बर्षीय करमहंस पाठकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

उनीहरुको शव पोखरीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

त्यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ दीपनगरका १० वर्षका एक बालकको खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको छ।

स्थानीय निश्चल तिवारीको बुटवल–७ स्थित भनभने खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।

स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययनरत उनी शुुक्रबारदेखि हराएका थिए। उनको खोजी गर्ने क्रममा शनिबार खोलामा शव भेटिएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .