ad ad

समाज


ठुलो परिमाणमा लागु औषधसहित एक भारतीय र दुई नेपाली पक्राउ

ठुलो परिमाणमा लागु औषधसहित एक भारतीय र दुई नेपाली पक्राउ

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार १२:५१,

महोत्तरीको जलेश्वर नगरपालिका–३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी टोलीले एक हजार पाँचसय वटा नाईट्रोभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा दोलखा जिल्लामा घर बताउने २७ वर्षीय अशिम भुजेल र सिन्धुली जिल्लामा घर बताउने २७ वर्षीय मनोज भुजेल छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागु औषध फेला परेपछि पक्राउ गरिएको हो।

एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट ६ हजार तीन सय ५० रुपैयाँ तथा दुई वटा मोवाइल सेट समेत बरामद गरेको छ। पक्राउ परेकाहरुलाई बरामद लागु औषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका १८ लंका टोलस्थित सीमा ईलाकाबाट कार्तिक १२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको अररिया हरिपुर धर्मशाल १२ घर बताउने ४० वर्षीय दयावल तिवारी छन्।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा कोरेक्स ३८ बोतल, स्पास्मो प्रोक्सी ६ पत्ता र नाईट्रोजन ट्याब्लेट १० पत्ता फेला परेपछि पक्राउ गरिएको हो।

पक्राउ परेका निज तिवारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
यता, धनुषा जिललाको नगराईन नगरपालिका ६ स्थित लगमाघाट ईलाकाबाट एपीएफ टोलीले करीब एक लाख ८४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न खालको मोबाइलको चार्जर बरामद बरामद गरेको छ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको चार सय ६० वटा विभिन्न खालको मोबाइलको चार्जर सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस लगमाघाटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

त्यसवेला उक्त चार्जर ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ उल्लेखित चार्जर सोही ठाउँमा छाडी फरार भएका थिए। बरामद चार्जर स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .