ad ad

समाज


सेती अस्पतालमा उपचाररत संक्रमित महिलाको मृत्यु

सेती अस्पतालमा उपचाररत संक्रमित महिलाको मृत्यु

गोकुल जोशी
कात्तिक १३, २०७७ बिहिबार ६:९,

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ की ५७ वर्षीया संक्रमित महिलाको उपचारको क्रममा बिहीवार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार मृतक संक्रमितमा कडा खालको निमोनिया पनि रहेको थियो ।

‘१० गते अस्पताल आउनु भएको थियो। उहाँमा कडा खालको निमोनियो थियो। हिजो कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो’ अस्पतालका सूचना अधिकारी श्रेष्ठले भने, ‘त्यस पछि कोरोना आइसोलेसनमा सिफ्ट गरेर उपचार भइरहेको थियो। तर बचाउन सकिएन।’

अहिले मृतक संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ। यो सँगै सुदूरपश्चिममा अहिलेसम्म २२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। जसमा सबैभन्दा बढि कैलालीमा ११, बझाङ, बाजुरा र अछाममा २-२, कञ्चनपुर, डोटी, दार्चुला, डडेल्धुरा र बैतडीमा १-१ जना रहेका छन्।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभरी कोरोना संक्रमितको संख्या ९ हजार २ सय ९४ रहेको छ। तीमध्ये ७ हजार ५ सय ९५ जना डिस्चार्ज भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .