फ्रान्सको निस शहरको एउटा गिर्जाघरभित्र चक्कु आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ।
प्रहरीले गोली हानेर आक्रमणको केहीबेरमै सन्दिग्ध एक युवकलाई गिरफ्तार गरेका छन्। उनको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
उनको साथबाट प्रहरीले इटालियन रेडक्रसको कागजात वरामद गरेको छ। जसको आधारमा उनी सन् १९९९ मा ट्युनिसियामा जन्मिएको पुष्टि भएको छ। उनी एक महिनाअघि मात्रै ढुंगामार्फट इटालीबाट फ्रान्स पुगेका थिए।
घटनाको फ्रान्स, इटाली र ट्युनिसियाका प्रहरीले संयुक्त रुपमा अनुसन्धान सुरु गरेका छन्। राष्ट्रपति एमानुएलले माक्रोँ घटनास्थलको निरीक्षण गरेका छन्। उनले घटनालाई आतंकवादी हमला भन्दै निन्दा गरेका छन्।
आक्रमणमा ज्यान गुमाउनेहरुको सम्झनामा फ्रान्सको संसद्मा एक मिनेट मौनधारण गरिएको छ जहाँ प्रधानमन्त्री जँ क्यासटेक्स पनि सहभागी थिए। फ्रान्सका प्रतिआतङ्कवादसम्बन्धी अभियोजनकर्ताहरूले घटनाबारे अनुसन्धान शुरू गरेका छन्। एजेन्सी
प्रतिक्रिया