ग्रिस र टर्कीमा ७ म्याग्निच्युडको भूकम्प गएको छ।
टर्कीको एजियन सागर र ग्रिसको सामोस टापुनजिकै केन्द्रविन्दु भएर भूकम्प गएको यूएस जियोलजिकल सर्भेले जनाएको छ।
भूकम्पको धक्का एथेन्स र इस्तानबुलसम्म महसुस गरिएको थियो।
भूकम्पले भत्किएका भवनहरुको तस्बिर स्थानीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।
ग्रिसको सामोस टापुमा भूकम्पले ‘मिनी सुनामी’ उत्पन्न गरेको बताइएको छ। एजेन्सी
प्रतिक्रिया