ad ad

समाज


कैलाली प्रहरी हत्या प्रकरण : मटर तस्करीका नाइके गुप्ता पक्राउ

कैलाली प्रहरी हत्या प्रकरण : मटर तस्करीका नाइके गुप्ता पक्राउ

गोकुल जोशी
कात्तिक १९, २०७७ बुधबार ८:२२,

कैलालीमा नेपाल प्रहरीका असई र जवान हत्या प्रकरणमा थप एक जना व्यापारी पक्राउ परेका छन्।

प्रहरी हत्या घटनाको अनुसन्धानका लागि धनगढी उपमहानगरपालिका–५ का व्यापारी राजीव गुप्तालाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो।

अस्थायी प्रहरी पोस्ट जुगेडाका प्रमुख (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद हत्या प्रकरणको अनुसन्धानका लागि गुप्तालाई नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बताए।

‘यसअघि नियन्त्रणमा लिइएकाहरुको बयानबाट गुप्ताको नाम पनि आएकाले सोधपुछका लागि हामीले नियन्त्रणमा लिएका छौँ’, एसएसपी सिंहले नेपालखबरसँग भने।

कात्तिक १ गते राति गस्तीमा खटिएका बेला असई बिक र जवान साउदको हत्या भएको थियो। उनीहरुको शव मोहना नदीमा फेला परेको थियो।

धनगढीबाट भारततर्फ भइरहेका मटर तस्करी रोक्न खोज्दा दुई प्रहरीको हत्या गरिएको अनुसन्धानबाट खुलेको छ। कात्तिक १ गते रातिको समयमा भारततर्फ निकासी भइरहेको मटर गुप्ता रहेको खुलेको एसएसपी सिंहले बताए। अहिले उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले घटनामा संलग्न ८ जनालाई यसअघि नै पक्राउ गरी सार्वजनिक गरेको थियो।

प्रहरीले धनगढी उपमहानगरपालिका– १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना(क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल रानालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .