ad ad

समाज


देहरादूनमा कुटपिटमा परेका थप चार नेपाली विद्यार्थी स्वदेश फिर्ता

देहरादूनमा कुटपिटमा परेका थप चार नेपाली विद्यार्थी स्वदेश फिर्ता

गोकुल जोशी
कात्तिक २०, २०७७ बिहिबार ६:६,

नेपाली विद्यार्थी कुटिएको भारतको देहरादूनस्थित शाक्य एकेडेमीबाट थप चार नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्।

उनीहरु पश्चिमी नाका गड्डाचौकी हुँदै बुधबार स्वदेश फिर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले जानकारी दिए।

फर्कने विद्यार्थीहरुमा गोरखाका लालबहादुर तामाङ, सुरज लामा, प्रदीप लामा र राजेश लामा रहेका छन्।

‘देहरादूनको विद्यालयबाट थप चार जना विद्यार्थी आएका छन्, हामीले गाडी खोजेर घरसम्म पुग्ने व्यवस्था गरिदिएका छौँ,’ डीएसपी थापाले नेपालखबरसँग भने, ‘चोटपटक त्यस्तो केही देखिएको छैन। सामान्य अवस्थामै आएको खुलेको छ।’

दसैं–तिहारको बिदा माग्दा देहरादूनस्थित भवनपुरको शाक्य एकेडेमीमा अध्ययरत नेपाली विद्यार्थीमाथी त्यहाँका अध्यक्ष एवं गुरु ज्ञानाबज्रा रिम्पोचेले निर्घात कुटपिट गरेका थिए। एक साता अगाडि पनि चार जना स्कुलबाट भागेर आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .