ad ad

समाज


६ दिनदेखि अनशन बसेका जानकी मेडिकलका कर्मचारीको स्वास्थ्य अवस्था बिग्रँदै

६ दिनदेखि अनशन बसेका जानकी मेडिकलका कर्मचारीको स्वास्थ्य अवस्था बिग्रँदै

शैलेन्द्र महतो
कात्तिक २१, २०७७ शुक्रबार १२:१४,

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत्त दुई कर्मचारी ६ दिनदेखि आमरण अनशन बसेका छन्। विभिन्न मागसहित कलेज परिसरमै गएको कार्तिक १६ गतेदेखि कर्मचारी हकहित संरक्षण संघर्ष समितिका सदस्यद्वय जानकी शरण यादव र कुल्दिप साह अशनमा बसेका हुन्।

कलेज प्रशासनले केहि कर्मचारीमाथि गरिएको कारबाही फिर्ता लिनुपर्ने, ८ महिनादेखि बाँकी पारिश्रमिक, दसैँ खर्च र ६ वर्षको संचय कोषको हरहिसाब दिनुपर्ने लगायतको मागसहित कर्मचारीको तर्फबाट दुवैजना अनशनमा छन्।

६ दिनदेखि लगातारको आमरण अनशनका कारण दुबैजनाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अनशन स्थलमै तीनदिनदेखि दुबैजनालाई सलाईन पानी चढाइरहेको कर्मचारी हकहित संरक्षण समितिका अध्यक्ष उमेश यादवले जानकारी दिए।

कर्मचारीहरु झण्डै दुईमहिनादेखि हरहिसाब माग गर्दै ओपीडी सेवा र प्रशासनिक सेवा बन्द गरी धर्ना दिदै आएका थिए।

गत भदौ ३० गते कलेज व्यवस्थापक र आन्दोलनरत कर्मचारीबीच असोज ४ गतेसम्म लेखापाल राखि वक्यौता रकमबारे खर्च हिसाब सार्वजनिक गर्ने र असोज ३० सम्म दसैँ खर्च, संचय कोष र पारिश्रमिकलगायतका सम्पूर्ण रकम भुक्तानी गर्ने सहमति जिल्ला प्रहरी कार्यालय धनुषामा भएको थियो।

ansan2_1.jpg

त्यस पश्चात कर्मचारी आन्दोलन स्थगन गर्दै काममा फर्किएका थिए। तर सम्झौता कार्यान्वयन नगरी आन्दोलनरत्त केहि कर्मचारीलाई नै स्पष्टीकरण र कारबाहीको पत्र थमाएपछि पुनः अकास्मिक सेवा बाहेक सबै सेवा ठप्प गरी आन्दोलन गर्दै आएको संघर्ष समितिका संयोजक यादवको भनाइ छ।

पछिल्लो समय दुईजना कर्मचारी माग पुरा नभएसम्म आमरण अनशन जारी राख्ने भन्दै अनशनमा बसेका छन्। दसैँ अवधिभरिमा कलेज व्यवस्थापकले आन्दोलनरत कर्मचारीमध्य कुलदिप साह, जयकुमार यादव, राजनारायण यादव र अञ्जु पटेललगायत कर्मचारीलाई निलम्बन पत्र थमाइएको थियो।

कलेज व्यवस्थापन पक्ष र कर्मचारीहरुबिच पटक पटक सहमति सम्झौता भएपनि कार्यान्वयन भएको छैन। कलेज व्यवस्थपन पक्षले कर्मचारीहरु इमान्दारितापूर्वक काम नगरेको आरोप लगाउँदै आएको छ।

केहि वर्ष यता पटक पटक कर्मचारी र व्यवस्थापन बिचको विवादको कारण यस क्षेत्रको एक मात्र मेडिकल शिक्षण अस्पताल धारासायी बन्दै गएको छ। यसप्रति सम्बन्धित निकाय समेत उदासिन बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .