ad ad

समाज


कोरोना भाइरसबाट विश्वमा १२ लाख ४२ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा १२ लाख ४२ हजारभन्दा बढीको मृत्यु

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार ७:३४,

गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९२ लाख ५९ हजार ४४३ व्यक्ति सङ्क्रमित भइसकेका छन्। तीमध्ये ३ करोड ५० लाख भन्दा बढी कोरोना मुक्त भएका छन्।

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३६ हजार ६४ जनको मृत्यु भएको छ। अमोरिकामा ९७ लाख ३३ हजार ३५९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्।

अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार १५ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ। यहाँ ५६ लाख ३१ हजार १८१ कोरोना भाइरस सङ्क्रमित रहेका छन्।

भारतमा १ लाख २४ हजार ९५० जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ। यहाँ ८४ लाख ११ हजार ७२४ कोरोना भाइरस सङ्क्रमित भएका छन्।

मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ३२३ जनाको मृत्यु भएको छ भने ९ लाख ५५ हजार १३८ जना सङ्क्रमित भएका छन्। बेलायतमा ४८ हजार ५६५ जनाको मृत्यु भएको छ भने ११ लाख ४९ हजार ७९१ जनाको कोरोना भाइरस संक्रमित भएका छन्।

चीनमा कोरोना भाइरसबाट ८६ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .