ad ad

राजनीति


नेकपा विवाद: तत्काल बैठक बोलाउन सचिवालयका बहुमत सदस्यको लिखित माग, ओलीले दिएनन् जवाफ

नेकपा विवाद: तत्काल बैठक बोलाउन सचिवालयका बहुमत सदस्यको लिखित माग, ओलीले दिएनन् जवाफ

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार ७:३५,

सत्तारुढ दल नेकपाकाे सचिवालयका बहुमत सदस्यहरुले तत्काल केन्द्रीय सचिवालयको बैठक बोलाउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।

शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ५ सचिवालय सदस्यहरु वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटार पुगी अध्यक्ष ओलीलाई भेटेर तत्काल बैठक बोलाउन माग गरेका हुन्।

अध्यक्षसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले तत्काल सचिवालयको बैठक बोलाउन लिखित रुपमै माग गरेको बताए।

‘अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई भेटेर लिखितरुपमा केन्द्रीय सचिवालयको बैठकका लागि, सहमतिका लागि आग्रह गरेका छौँ’, प्रवक्ता श्रेष्ठले भने।

उनले कोरोनाले पारेको असर र जनताको स्वास्थ्यका समस्या समधान गर्न, पार्टी स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्दै पार्टी एकताको रक्षा गर्दै अगाडि बढ्न आवश्यक छ भनेर छलफलका लागि सचिवालय बैठक माग गरेको उनले बताए। अध्यक्ष ओलीले बैठकका विषयमा कुनै निष्कर्ष नदिएको प्रवक्ता श्रेष्ठले बताए।

‘अध्यक्ष ओलीले आज बैठकका विषयमा केही निष्कर्ष दिनु भएको छैन’, प्रवक्ता श्रेष्ठले भने, ‘हामी भोलि या पर्सिसम्ममा बैठक बसेर यी सबै विषयमा गम्भीरतापूवक छलफल गरौँ र पार्टीलाई एकताबद्ध बनाउने, विधि पर पद्दतिका आधारमा पार्टी सञ्चालन गर्ने, निर्णय सबैले कार्यान्वयन गर्ने र छलफलमा स्वतन्त्रता काम कारबाहीमा एकरुपता कायम गनर्जे पद्दतिका आधारमा निष्कर्ष निकालौँ भनेका छौँ।’

अध्यक्ष ओलीले बैठक बोलाउनुभएन भने के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले आफूहरुले बैठक नबोलाउने विषयमा नसोचेको बताए। ‘हामी त्यसरी सौच्दैनौँ’, उनले भने, ‘होइन भने के गर्ने भनेर सच्ने बेला यो होइन्, सबै मिलेर छिटोभन्दा छिटो बैठक गर्ने र बैठकबाटै सकारात्मक निष्कर्ष निकाल्ने आजको आवश्यकता हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .