ad ad

समाज


उपत्यकासहित देशैभर बढ्यो चिसो, जुम्लाको तापक्रम माइनस २ डिग्री

उपत्यकासहित देशैभर बढ्यो चिसो, जुम्लाको तापक्रम माइनस २ डिग्री

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार ८:३३,

काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै शनिबार बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको हो।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्युनतम् तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ। शुक्रबार काठमाडौँको न्युनतम् तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो। आज काठमाडौँ उपत्यकामा यस वर्ष जाडो शुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको हो।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केहीदिन देशभर तापक्रम निरन्तर घट्दै जाने क्रममा रहेको छ। ‘दिउँसो घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ’, मौसमविद् मानन्धरले भनिन्, ‘केही दिन तराईमा पातलो कुइरो लाग्ने र पहाडमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर बनाउनेछ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहनेछ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस २ डिग्रीमा झरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .