ad ad

समाज


‘जतिसुकै मनमुटाव भए पनि तिमी सिकिस्त भएको सहन नसक्ने रहेछु’

‘जतिसुकै मनमुटाव भए पनि तिमी सिकिस्त भएको सहन नसक्ने रहेछु’

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार ८:१२,

कोरोना संक्रमण पुष्टि भइ बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड अस्पतालमा उपचार गराइरहेका चर्चित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य लाभको कामना सबैतिरबाट भएको छ।

बुधबार अस्पताल भर्ना भएका गजुरेलको स्वास्थ्य गम्भीर भएको र उनलाई आईसीयूमा सारेर उपचार भइरेका बेला उनकी पूर्वपत्नी मिना ढकालले उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जाल फेसबुकमा एक भावुक पत्र लेखेकी छिन्।

हेरौँ पत्र जस्ताको तस्तै

जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भए पनि तिमी कुनै समयको मेरो प्रेमी थियौ। मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ। हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिन्दुरको ऋणी भएकी थिएँ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँग मैले जीवनका बिसौँ वर्ष पार गरेकी छु। तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।

भलै समयले तिम्रो र मेरोबीचमा दूरी ल्यायो होला फेरि पनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आज पनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आइसियूमा उपचारारत छौ भन्ने समाचारले मलाई विक्षिप्त बनायो। जतिसुकै मनमुटाव भएको भए पनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भइरहेछ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवानसँग प्रार्थना गर्दछु। तिम्रो जीवनसँग मेरा दुई सन्तान पनि जोडिएका छन्। तिमी ठीक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन्। छुट्टै भए पनि टाढै भए पनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन्। म यो रियलाइज गरिरहेछु।

मेरो प्रार्थना सुन्छन् भगवानले, तिमी छिट्टै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामीप्यतामा पुग्नेछौ भन्ने आशामा छु। मनोज गजुरेल, तिमी छिट्टै हार मान्ने मान्छे होइनौँ । मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि। आज पनि तिम्रो दीर्घायुको कामना गर्न छोडेकी छैन। छोराछोरी तिम्रो प्रतीक्षामा छन्। तिमी र मबीच जस्तासुकै व्यवहारिक बेमेल भए पनि तिम्रो जीवन मेरो लागि महत्वपूर्ण छ–हार नमानिदेऊ। छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ!

उही तिमीलाई आयुष्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धांगिनी!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .