ad ad

समाज


डा.सिंहको मृत्यु अस्पतालको लापरवाही कारण भएको भन्दै युनिभर्सलविरुद्ध मुद्दा, ९३ करोड क्षतिपूर्ति माग

डा.सिंहको मृत्यु अस्पतालको लापरवाही कारण भएको भन्दै युनिभर्सलविरुद्ध मुद्दा, ९३ करोड क्षतिपूर्ति माग

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार १०:४६,

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. ज्ञानेश्वरप्रसाद सिंहको परिवारले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा हालेका छन्।

५६ वर्षीय डा. सिहंको खसीको मासु खाँदा घाटीमा अड्किएको हड्डी निकाल्न शल्यक्रिया गर्ने क्रममा युनिर्भसल कलेजका चिकित्सकले लापरवाही गरेको भन्दै पीडित परिवारले कात्तिक १६ गते मुद्दा दायर गरेको हुन्।

No description available.

No description available.

एक दशकदेखि सोही अस्पतालमा कार्यरत सिंहको २०७६ भदौ १० गते खसीको हड्डी घाँटीमा अड्किएको र काठमाडौंमा थप उपचारको क्रममा २०७६ माघ २ गते मृत्यु भएको उनका छोरा प्रज्ज्वल सिंहले बताए।

उपचारमा संलग्न चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै पत्नी वीणा सिंहको वारेसमा बुटबलकी कृष्णा रोकाले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरेका हुन्।

पीडित परिवारले युनिर्भसल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल, अस्पतालमा कार्यरत डा. विश्व तुलाचन, डा. सन्तोष शाह र डा. लक्ष्मी पाठकलाई बिपक्षी बनाएर मुद्धद्द दर्ता गरेका छन्।

छोरा प्रज्ज्वलकाअनुसार औषधि उपचार गर्दाको खर्च २८ लाख ७३ हजार, छोरी प्रज्ञा र छोरा प्रज्ज्वलको पढाइ पूरा गर्न लाग्ने खर्च ५ करोड, मृतक डा सिंहले बाँकी जीवनभर कमाउने कम्तीमा १२ करोड ५० लाख र उक्त अस्पतालमा उपचारमा भएको गम्भीर लापरवाहीको क्षतिपूर्ति स्वरुप २५ करोड रुपैयाँसहित ९३ करोडको क्षतिपूर्तिसहित मुद्दा दायर गरेका हुन्।

विपक्षीले अस्पतालले बिगतमा पनि यस्ता लापरबाही, हेल्चेक्रयाई र त्रुटीपूर्ण कार्य गरेको हुँदा र भविष्यमा यस्ता कार्य नहोस् भनि दण्डित गर्न क्षतिपूर्ति वापत रु ५० करोड दाबी गरेको छ।

drsingघाँटीको शल्यक्रियापछि मृत्यु भएका डा. ज्ञानेश्वरप्रसाद सिंह

यस विषयमा नियामक निकाय नेपाल मेडिकल काउन्सिलमा उजुरी गर्दा यस्तो गम्भीर विषयमा पनि सचेतना मात्र गराएको गुनासो प्रज्ज्वलले गरे।

पीडित परिवारले यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय, नेपाल चिकित्सक संघ र युनिर्भसन कलेज अफ मेडिकल साइन्जलाई २ पटक क्षतिपूर्तिको माग गर्दै निवेदन दिएका थिए।

यस्तो थियो घटना
२०७६ भदौ १० गते श्रीमती विणासहित डा. सिंह एक पार्टीमा गए। बेलुका ९ बजेतिर उनी खाना खाँदै थिए खसीको हड्डी उनको घाँटीमा अड्कियो।

उनलाई तत्कालै एम्बुलेन्सबाट उनी कार्यरत अस्पतालमा पु¥याइयो। इमर्जेन्सीमा लगिए पनि उक्त दिन उपचार हुन सकेन। अर्को दिन बिहान १० बजे डा. विश्व तुलाचन, डा. लक्ष्मी पाठक र डा. सन्तोष शाहको टोलीले शल्यक्रिया गरे।

इन्डोसकोपी अपरेसन गरेर घाँटीमा अड्किएको हड्डीमध्ये आधा निकाले र आधा पेटमा पु¥याएको बताए। शल्यक्रिया सफल भएको भनिए पनि सिटी स्क्यान समेत नभएको पीडित परिवार बताउँछन्।

शल्यक्रिया भएको एकहप्ता नबित्दै डा. सिंहलाई ज्वरो आयो। बान्ता भयो। उनलाई सिटी स्क्यान गरे हेर्दा हड्डी घाँटीमै अड्किएको पत्ता लाग्यो। त्यसले खाना नलीमा संक्रमण भएको थियो।

उनलाई थप उपचार गर्नुपर्ने भएकाले काठमाडौं लगियो। मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो। उनको घाँटीको पुनः शल्यक्रिया भयो। त्यो बेलासम्म उनको घाँटी, छाती र पेटमा संक्रमण भइसकेको रहेछ।

डा. सिंहको अवस्था सुधार भएन। स्वास्थ्य अवस्था थप गम्भीर हुँदै गएको र माघ २ गते डा. सिंहको निधन भएको छोरा प्रज्ज्वलले बताए।

घरको अभिभावको मृत्य भएपछि श्रीमती, छोराछोरी र अन्य परिवार न्यायका लागि नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालयसहित विभिन्न निकाय धाइरहेका छन्। कतैबाट पनि न्याय नपाएपछि अदालत गएको प्रज्ज्वलले बताए।

‘आशा छ अदालतले हाम्रो पीडा सुन्ने छ, हामीलाई न्याय दिलाउने छ,’ प्रज्ज्वलले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .