ad ad

समाज


सरकारले शुल्क लाग्ने निर्णय गरेयता ४११ कोरोना संक्रमितको मृत्यु, बढ्यो मृत्युदर

सरकारले शुल्क लाग्ने निर्णय गरेयता ४११ कोरोना संक्रमितको मृत्यु, बढ्यो मृत्युदर

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार ३:५४,

सरकारले कोरोना संक्रमितको उपचारमा शुल्क लाग्ने निर्णय गरेपछि चार सय ११ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन्।

१ कात्तिकदेखि २४ कात्तिकसम्मको अवधिमा कोरोना संक्रमित चार सय ११ जनाले ज्यान गुमाएका हुन्।

सरकारले संक्रमितको निःशुल्क उपचार नहुने निर्णय गरेपछि मृत्युदर बढेको तथ्यांकले देखाएको छ। गत असोजको भन्दा कात्तिकमा ७५ जना थप संक्रमितको मृत्यु भएको छ। गत असोजमा ३ सय ३६ कोरोना संक्रमितको मृत्यु भएको थियो।

सरकारले २ कात्तिकबाट लागू हुने गरी कोरोना संक्रमितले उपचार गर्दा सरकारी अस्पतालमा पनि शुल्क तिर्नुपर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतले १५ कात्तिकमा कोरोनाको उपचार निःशुल्क गर्न आदेश दिएको थियो।

आदेश पुनरावलोकनको माग गर्दै सरकार पुनः सर्वोच्चमा गएको थियो। तर सर्वोच्चले सरकारको पुनरावलोकन आदेश खारेज गरेपछि सरकार संक्रमितको निःशुल्क उपचार गर्न बाध्य भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी अस्पतालमा कोभिड उपचार निःशुल्क हुने निर्णय गरेको छ।

उपचार गर्दा शुल्क लाग्ने निर्णय सरकारले गरेपछि लक्षण भएका बिरामीसमेत होम आइसोलेसनमा बस्दा मृत्युदर बढेको विज्ञले बताएका छन्।

चिकित्सकका अनुसार कतिपय संक्रमितमा सुरुवाती दिनमा लक्षण नदेखिए पनि ५ देखि १० दिनको बीचमा निमोनियाको लक्षण देखिन सक्छ। यस्तो अवस्थामा कतिपयमा अक्सिजनको मात्रा एक्कासी घट्ने हुन्छ।

चर्को शुल्कको कारण संक्रमितहरु स्वास्थ्य समस्या आउँदा समेत अस्पताल नजाँदा मृत्युदर बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .