ad ad

समाज


मोजाम्बिकको फुटबल मैदानमा ५० भन्दा बढीको शिर काटेर हत्या गरियो

मोजाम्बिकको फुटबल मैदानमा ५० भन्दा बढीको शिर काटेर हत्या गरियो

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार ८:३५,

एक फुटबल मैदानलाई आतंकवादीहरुले गाउँलेको नरसंहार गर्ने स्थान बनाएको बीबीसीले जनाएको छ।

गाउँका मानिसहरुलाई फुटबल मैदानमा ल्याएर निर्मम रुपमा धारिलो हतियारले काटेर हत्या गरिएको थियो। हत्या गर्ने समयमा उनीहरुले ‘अल्लाहु अकबर’ शब्द उच्चारण गरेका थिए।

काबो डेलगाडोमा यस घटना भएको हो। यस प्रान्तमा मुस्लिम अतिवादी समूहले सन् २०१७ देखि आक्रमण गरिरहेका छन्।

यसबीचमा हालै ती क्षेत्रका गाउँहरुमा निर्मम हत्या भएको हो। सन् २०१७ यता त्यहाँ २ हजारको हत्या भइसकेको छ भने ४ लाख ३० हजार घरबार विहिन भएका छन्।

अधिकारीहरुका अनुसार आतंकवादीले महिलाहरु अपहरणसमेत गरेका छन् साथै गाउँलेहरुको घर जलाइएको छ।

सरकारले काबो डेलगाडो प्रान्तलाई बेवास्ता गर्दा यो क्षेत्र लगभग ३ वर्षयता विद्रोहको चपेटामा छ। इस्लामिक स्टेट समूहसँग सम्बन्धित विद्रोहीहरुले अशान्तिको फाइदा उठाउँदै क्रुर आक्रमणहरु गरिरहेका हुन्।

यस्तै यो समूहले सरकारदेखि अनन्तुष्ट युवाहरुलाई आतंककारी बनाउन प्रेरित गरिरहेका छन्। उक्त क्षेत्रलाई इस्लामिक क्षेत्र बनाउने प्रयास भएको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .