ad ad

समाज


रौतहटमा गोली हानी १७ वर्षीया किशाेरीकाे हत्या

रौतहटमा गोली हानी १७ वर्षीया किशाेरीकाे हत्या

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ३:५१,

रौतहटको लौकाहामा गोली हानी किशाेरीकाे हत्या गरिएकाे छ।

बुधबार राति साढे ११ बजेतिर सुतिरहेको अवस्थामा १७ वर्षीया अमृता साहको हत्या भएको प्रहरीले जनाएको छ।

घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टाेली घटनास्थल पुगेको राैतहटका एसपी सिद्धिविक्रम शाहले नेपालखबरलाई जानकारी दिए।

प्रहरीका अनुसार २०७६ फागुनमा सर्लाहीको मधुवनगोठ निवासी रुपेश साहसँग विवाह गरेकी ती किशाेरीले गत असारमा मात्र सम्बन्ध-विच्छेद गरेकी थिइन्। 

त्यसयता उनी राैतहटस्‍थित माइती घरमा बसेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .