ad ad

समाज


बिहीबार राति बैतडीमा बस सडकबाट खस्यो, ८ जनाको मृत्यु, ४० भन्दा धेरै यात्रु घाइते

बिहीबार राति बैतडीमा बस सडकबाट खस्यो, ८ जनाको मृत्यु, ४० भन्दा धेरै यात्रु घाइते

गोकुल जोशी
कात्तिक २७, २०७७ बिहिबार २३:४६,

बैतडीमा बिहीबार राति बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। ४० भन्दा धेरै यात्रु घाइते भएका छन्।

बैतडीकाे पाटन नगरपालिका-८, खोड्पेमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।

‘बस सडकभन्दा झण्डै ६ सय मिटर तल खसेको हाे,’ घटनास्थलबाट डीएसपी अधिकारीले नेपालखबरसँग भने।

उनका अनुसार घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस खोड्पेमा बिहीबार राति साढे १० बजेतिर दुर्घटना भएकाे हाे।

प्रहरीका अनुसार बसमा ४९ यात्रु थिए। मृतक र घाइतेको पहिचान भइससकेकाे छैन।

साथै दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेकाे डीएसपी अधिकारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .