अहिले देशभरका अस्पतालमा ८७ जना काेराेना संक्रमित भेन्टिलेटर तथा ३ सय ८७ संक्रमित आईसीयूमा छन्।
स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेकाे तथ्यांकअनुसार काठमाडौं उपत्यकाका अस्पतालमा मात्रै ६१ जना भेन्टिलेटरमा र १ सय ६८ जना आईसीयूमा छन् ।
प्रदेशगत हिसाबमा लुम्बिनी प्रदेशमा आईसीयूमा ७१ र भेन्टिलेटरमा एक जना छन्।
यस्तै गण्डकी प्रदेशमा ६९ जना आईसीयू र ११ जना भेन्टिलेटर, प्रदेश १ मा ४९ जना आईसीयू र १२ जना भेन्टिलेटरमा छन् भने प्रदेश २ मा १४ जना आईसीयू र दुईजना भेन्टिलेटरमा छन् ।
यसैगरी कर्णालीमा ११ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना आईसीयूमा उपचाररत छन्।
प्रतिक्रिया