ad ad

समाज


हङकङ उडानका लागि नेपाल एयरलाइन्सले सरकारी रिपोर्टलाई मात्र मान्यता दिने

हङकङ उडानका लागि नेपाल एयरलाइन्सले सरकारी रिपोर्टलाई मात्र मान्यता दिने

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार ०:११,

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले हङकङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ।

सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टा भित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउँदा समेत यात्रुको पुनः पोजेटिभ देखिएपछि निगमले अर्को व्यवस्था नभएसम्मका लागि हङकङ उडानमा सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको हो।

निगमको महत्वपूर्ण गन्तब्य हङकङ उडानमा केही यात्रुमा बारम्बार कोरोना पोजेटिभ देखिएपछि त्यहाँको नागरिक उड्डयनले उडान प्रतिबन्ध लगाइरहेको छ।

हङकङले पछिल्लो पटक निगमलाई तेस्रो पटक १४ दिनको लागि उडान प्रतिबन्ध गरेको छ। नेपालबाट पिसिआर गरेर गएका यात्रुको त्यहाँ पुनः परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएका कारण निगमको उडान प्रतिबन्ध भएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्।

निगमका अन्य उडान गन्तब्यमा भने यस्तो समस्या देखिएको छैन। आवश्यक अनुसन्धानको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालाईलाई आग्रह गरिएको श्रेष्ठले बताइन्।

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार हङकङले अन्य मुलुकको उडान पनि प्रतिबन्ध गरेको अवस्थामा नेपाल एयरलाईन्सलाई तेश्रो पटक १४ दिनकोलागि प्रतिबन्ध लगाएको हो।

‘मुख्य कारण चाहिँ पिसिआर गरेर गएका यात्रुहरुको त्यहाँ पुनः परिक्षण गर्दा पोजेटिभ रिजल्ट आउनु थियो,’ पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकारी मान्यता प्राप्त प्रयोगशालाबाट रिपोर्टको आधारमा यात्रा गराउँदासमेत पुनःपोजेटिभ देखिनुले चिन्तित बनाएको छ।’

हङकङको नागरिक उड्डयनले एयर ईन्डियालाई चार पटक, भिस्तारा एयरलाई तेश्रो पटक, क्याथे ड्रागनलाई (मलेशियाबाट) ईमिरेट्स (दुबई) सिंगापुर एयरलाईन्सलाई दुई पटक लगायत अन्य केही एयरलाईन्सलाई एक–एक पटक उडान प्रतिबन्ध लगाई सकेको छ।

नेपाल एयरलाइन्सको पछिल्लो उडान प्रतिबन्ध २५ नोभेम्बरसम्म कायम रहनेछ । पछिल्लोपटक दुबई र नारिताले निगमको उडानमा एक÷दुई जना यात्रुमा कोरोना पोजेटिभ देखिएको भन्दै निगमलाई सचेत पत्र पठाएको थियो।

निगमले उडान गर्ने गन्तब्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मान्यताप्राप्त प्रयोगशालाबाट पिसीआर परीक्षण गरी ७२ घण्टा भित्रको रिपोर्टलाई मान्यता दिने गरेको छ।

निगमले अन्तर्राष्ट्रियतर्फ दुई थान वाईड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .