ad ad

समाज


आगलागीमा बिते दाजु, भाइटीका लगाउन आएकी बहिनी बच्चासहित भागेर बाचिन्

आगलागीमा बिते दाजु, भाइटीका लगाउन आएकी बहिनी बच्चासहित भागेर बाचिन्

उजिर कार्की
मंसिर २, २०७७ मंगलबार ८:२२,

काठमाडाैंकाे कपनमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ।

सोमबार राति साढे १२ बजे कपनको वालुवाखानीस्थित घरमा आगलागी हुँदा नुवाकोटको शिवपूरी गाउँपालिका–५ घर भई काठमाडौंको कपन बस्ने ३९ वर्षीय कृष्णबहादुर तामाङको ज्यान गएको हो।

बहिनी र भान्जासँगै एउटै कोठामा सुतेकोमा बहिनी भान्जा लिएर भाग्न सफल भए पनि कृष्णबहादुरको भने भित्रै ज्यान गएको बाैद्ध बृत्तका डीएसपी नवीन कार्कीले बताए।

१६ वर्षीय छोरा अर्कै कोठामा भएकाले उनलाई भने केही भएन।

ढोकानजिकै आगो देखेपछि बुबालाई बचाउन उनी भित्र जान खोजे पनि आगोको राप र धुवाँले उनी जान सकेनन्।

३५ वर्षीया बहिनी विपना तामाङ भाइटिका लगाउनका लागि दाजुकोमा आएकी थिइन्। ११ महिनाको छोरो च्यापेर उनी भने भाग्न सफल भइन्। आगोले भेट्दा उनी घाइते भएको डीएसपी कार्कीले बताए।

विपनाका अनुसार आगो लागिसकेपछि ढोका खोल्न गएका दाजु त्यहीँ ढलेका थिए। त्यसपछि विपना छोरो च्यापेर भागिन्।

Kapan aglagi fire 1

कोठामा एक ग्यालिन मट्टितेल पनि भएकाले धेरै क्षति भएको प्रहरीको भनाई छ। तामाङ परिवार होटल सञ्चालन गर्छन्। स्टोभ चलाउनका लागि राखेको मट्टितेलका कारण ठूलो क्षति भएको हो।

कृष्णबहादुर पहिले नै घाइते थिए। परिवारका अनुसार पहिले लडेर उनको खुट्टा राम्रोसँग टेक्न हुँदैनथ्यो। यस्तै उनी कान पनि राम्रोसँग सुन्न सक्दैनथे।

आगलागी कसरी सुरु भयो भन्ने कारण भने खुल्न सकेको छैन। चारतले पक्की घरको पहिलोतलामा उनीहरु डेरा लिएर बसेका थिए। कृष्णबहादुरकी श्रीमती भने माइती नुवाकोट गएकी छन्।

Kapan aglagi fire 2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .