ad ad

समाज


पत्रकार गोकर्ण गौतमको निधन

पत्रकार गोकर्ण गौतमको निधन

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार १०:१६,

पत्रकार गोकर्ण गौतमको निधन भएको छ।

कान्तिपुर पब्लिकेशन्समा कार्यरत् ३१ वर्षीय गौतमको काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो।

उनलाई टाउको दुख्ने समस्या भएर स्वास्थ्य जाँच गर्दा मस्तिष्कको नशामा समस्या देखिएको थियो। अप्रेसन गर्नुपर्ने देखिएपछि बुधबार सो अस्पतालमा अप्रेसन गरिएको थियो।

तर अप्रेसन गर्दा जटिलता आएपछि सफल हुन सकेको थिएन। अस्पतालले बिहीबार बिहान उनको मृत्यु भएको घोषणा गरेको हो।

उनी कान्तिपुर दैनिकमा कला, साहित्य र सामाजिक विषयमा रिपोर्टिङ तथा लेख्दै आएका थिए। फिल्म समीक्षा लगायत कला साहित्यसम्बन्धी लेखनमा उनकाे विशेष दक्षता थियाे।

त्यसअघि उनले कान्तिपुर पब्लिकेशन्सकै नेपाल पत्रिका र अन्य सञ्चारमाध्यममा समेत काम गरेका थिए।

उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .