ad ad

समाज


कोरोना संक्रमितको उपचारमा ‘रेम्डेसिभिर’ औषधि प्रयोग गर्न तुरुन्त रोकौं : डब्लूएचओ

कोरोना संक्रमितको उपचारमा ‘रेम्डेसिभिर’ औषधि प्रयोग गर्न तुरुन्त रोकौं : डब्लूएचओ

नेपालखबर
मंसिर ६, २०७७ शनिबार ०:४७,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले रेम्डेसिभिर औषधिलाई कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने औषधिको सूचीबाट हटाएको छ।

डब्लूएचओले अहिले कोरोना संक्रमितमा रेम्डेसिभिर प्रयोग गरिरहेका देशहरूलाई यसकाे प्रयाेग तत्काल बन्द गर्न आग्रह गरेको छ।

उक्त औषधि कोरोना संक्रमण निको पार्न प्रभावकारी भएको कुनै प्रमाण पाउन नसकिएकाे डब्लूएचओको दाबी छ।

बिहीबार डब्लूएचओले विज्ञप्ति जारी गर्दै भनेको छ- ‘ हाम्रो दिशानिर्देश समितिले सिफारिस गरेबमोजिम रेम्डेसिभिर प्रयोग भइरहेको छ भने त्यसलाई तुरुन्तै बन्द गरौं। हामीले यो औषधि कोरोना संक्रमतिको उपचारमा प्रभावकारी छ भन्ने कुनै प्रमाण फेला पार्न सकेनौं।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .