ad ad

समाज


टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रकाश न्यौपाने
मंसिर ७, २०७७ आइतबार ११:४०,

टिपरले ठक्कर दिँदा रुपन्देहीमा एक जनाको ज्यान गएको छ।

आइतबार दिउँसो ४ बजे बुटवलको नयाँ बसपार्क अगाडि लु२ख १९०५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइलकमा सवार पाल्पाको निस्दि गाउँपालिकाका ५० वर्षीय मानबहादर स्वाठीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

टिपरको ठक्करबाट गम्भीर घाइते स्वाठीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पु-याइए पनि अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो। स्वाठी विद्युत कार्यालयका कर्मचारी रहेको बताइएको छ। ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .