नेत्रविक्रम चन्द समूहका सेक्सन कमान्डर पेम्बा साङ्गे शेर्पा पक्राउ परेका छन्।
प्राप्त विशेष सूचनाका आधारमा ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका–२ का ३२ वर्षीय शेर्पालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले आज जनाएको छ।
शेर्पालाई उर्लाबारी–६ रमाइलो टोलका एकान्त कोइराला भन्ने एकबहादुर विश्वकर्माको घरमा बसेको अवस्थामा पक्राउ गरेको हो।
शेर्पाको साथबाट अमेरिकन पेस्तोल, त्यसमा लगाउने म्याग्जिन, तीन थान गोली, तीन थान मोबाइल, आठ थान ब्याग र १८ थान ज्याकेटलगायत सामग्री बरामद गरेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए।
शेर्पालाई हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
69
Shares
प्रतिक्रिया