ad ad

समाज


बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट संक्रमित

बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट संक्रमित

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ८:५३,

प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै जोन कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको हो।

प्रधानमन्त्री ब्रिसेनो कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बसेका छन्।

प्रधानमन्त्रीको कार्यालयका अनुसार उनी आगामी दुई हप्तासम्म आइसोलेसनमै बस्नेछन्।। त्यसपछि उनले कोरोनाको पुनः परीक्षण गर्नेछन्।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको विवरण अनुसार मध्य अमेरिकी देश बेलिजमा अहिलेसम्म पाँच हजार १८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

त्यसैगरी कोरोनाकै कारण बेलिजमा अहिलेसम्म ११६ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जानकारी दिएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .