ad ad

समाज


वीरगञ्जबाट स्वचालित पेस्तोलसहित क्याम्पसका शिक्षक पक्राउ

वीरगञ्जबाट स्वचालित पेस्तोलसहित क्याम्पसका शिक्षक पक्राउ

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ३:५०,

पर्साको वीरगञ्ज महानगरपालिकाबाट गएराति प्रहरीले स्वचालित पेस्तोलसहित एक जना शिक्षकलाई पक्राउ गरेको छ।

ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाहीको बलरा नगरपालिका-१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज– ११ दुर्गाटोलस्थित उनकै निवासबाट पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मारी खानतलासी गर्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखिएको अवस्था पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिए।

खोजतलासका क्रममा प्रहरीले अलमारीबाट पेस्तोलमा प्रयोग हुने म्यागजिन एक थान, नपड्काइएको गोली चार थान र व्यक्तिलाई बेहोस पार्ने एनेस्थेतिक इथर एक बोतल बरामद गरेको छ।

पक्राउ परेका शिक्षक सिंहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेकोे प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .