ad ad

समाज


बर्दिबासमा बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू

बर्दिबासमा बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू

शैलेन्द्र महतो
मंसिर १०, २०७७ बुधबार ४:४०,

महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

बालिका बलात्कारपश्चात हत्याको विरोधमा प्रदर्शनमा उत्रेका एक स्थानीयको प्रहरीको गोली प्रहारबाट मृत्यु भएपछि बढ्दै गएको तनाबका कारण स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा जारी गरेको  प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय भएका उनले बताए।

बर्दिबासमा पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिममा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चोक सम्म निषेधाज्ञा लगाइएको हो।

निषेधाज्ञा अवधिभर र उक्त क्षेत्र मा ५ जनाभन्दा बढी भेला हुन पाउने छैनन्। निषेधाज्ञा अवधिमा राजमार्ग भने सुचारू रहने प्रशासनले जनाएको छ।

आइतबार साँझदेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ का सहिद आलमका ६ वर्षीया छोरीको बलात्कारपश्चात हत्या भएको अवस्थामा सोमबार राति शव बोरामा फेला परेको थियो।

बालिका हत्याविरुद्ध मंगलबार दिउँसो बर्दिबास चोकमा प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले गोली प्रहार गर्दा बर्दिबास नगरपालिका १ का सञ्जय न्यौपानेको मृत्यु भएको छ। गोली लागेर गम्भीर घाइते न्यौपानेको उपचारको क्रममा काठमाडौँको ग्रान्डी अस्पतालमा गएराति मृत्यु भएको हो।

सञ्जयको मृत्युपश्चात स्थानीयहरुले बिहानैदेखि पूर्वपश्चिम राजमार्ग र बजार बन्द गराउनुका साथै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .