ad ad

समाज


बर्दिबासमा कर्फ्यू अवज्ञा गर्दै प्रदर्शन जारी, मेयरको पुत्ला जलाइयो

बर्दिबासमा कर्फ्यू अवज्ञा गर्दै प्रदर्शन जारी, मेयरको पुत्ला जलाइयो

शैलेन्द्र महतो
मंसिर १०, २०७७ बुधबार ८:५१,

बर्दिबासमा स्थानीय प्रशासनको निषेधाज्ञालाई अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।

तर बालिका गुलाब साह खातुनको बलात्कार पश्चात हत्या र त्यस विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जय न्यौपाने विरुद्ध स्थानीयले प्रदर्शन जारी राखेका छन्।

प्रदर्शनकारीले मृतक सञ्जय न्यौपानेलाई सहिद घोषाणा, मृतक परिवारलाई क्षतिपुर्ति, गोली चलाउने आदेश दिने अधिकारीलाई निलम्बन लगायतको माग राखेका छन्। उनीहरुले दिउँसो बर्दिबास बजारमा प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीको पुत्ला समेत जलाएका छन्।

प्रदर्शनकारीहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने बजार व्यवसाय पूर्ण रुपमा ठप्प रहेको छ। यातायात ठप्प हुँदा यात्रीहरु समस्यामा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .