ad ad

समाज


न्युजिल्यान्डमा झन्डै एक सय ह्वेल समुन्द्र बाहिर मृत फेला!

न्युजिल्यान्डमा झन्डै एक सय ह्वेल समुन्द्र बाहिर मृत फेला!

नेपालखबर
मंसिर १०, २०७७ बुधबार १३:५,

अधिकारीहरुका अनुसार पाइलट ह्वेलहरु मृत भेटिएका हुन् र अहिले २६ ह्वेलहरु जिवित्तै समुद्रको किनारमा छन्।

ती ह्वेलहरुलाई समुद्रमा फेरि फर्काउने प्रयासहरु भइरहेको बताइएको छ।

ह्वेलहरु किन समुन्द्र बाहिर जान्छन् भनेर स्पष्ट कारण थाहा हुन नसकेको वैज्ञानिकहरू बताउँछन्।

अस्ट्रेलिया र न्यूजील्यान्ड वरपर विभिन्न प्रजातिका ह्वेलहरू मौसमका कारण बसाइँ सर्छन्। त्यसो गर्दा एउटा बथानमा १,००० वटासम्म ह्वेल हुन्छन्।

अनुसन्धानकर्ताहरूका अनुसार उनीहरू एउटा नेतालाई पछ्याउँछन् जसले गर्दा पूरा समूह नै समुन्द्र बाहिर पुग्ने सम्भावना हुन्छ।

नेता ह्वेलले दुर्भाग्यवश बाटो बिराउँदा यी ह्वेलहरुको मृत्यु भएको वैज्ञानिकहरु अनुमान लगाउँछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .