कास्कीको पोखरामा ७१ वर्षीया वृद्धामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।
कास्की प्रहरीले ६१ वर्षीया वृद्धामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पोखराको पुरन्चौरबाट एकजना युवा पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय ३४ वर्षीय घनश्याम गिरी रहेका छन्।
उनले गएको मंगलबार घरमै पसेर सुतिरहेकी एक वृद्ध महिलालाई करणीको प्रयास गरेको प्रहरीले जनाएको छ।
वृद्धाको उजुरीको आधारमा गिरीलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ
पक्राउ परेका गिरीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ।
114
Shares
प्रतिक्रिया