ad ad

समाज


काठमाडौँमा हत्या गरेर फरार भएका युवा सात वर्षपछि मकवानपुरबाट पक्राउ

काठमाडौँमा हत्या गरेर फरार भएका युवा सात वर्षपछि मकवानपुरबाट पक्राउ

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार १२:३३,

नेपाल प्रहरीले मातातीर्थका सानोकाजी तामाङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँले विसं २०७० पुस २१ गते मातातीर्थका सानोकाजी महर्जनको हत्यामा संलग्न मातातीर्थकै २८ वर्षीय विशाल तामाङलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

परिसरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले उच्च अदालत पाटनको २०७४ को आदेशअनुसार १८ वर्ष तीन महिना १७ दिन कैद फैसलापछि फरार रहेका विशाललाई बिहीबार मकवानपुरको हेटौँडाबाट पक्राउ गरिएको जानकारी दिए।

मकवानपुरको बासपानीमा लुकेर बसिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

हत्यामा संलग्न मृतककी श्रीमती पूर्णलक्ष्मी तामाङ भने हालसम्म पनि फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .