ad ad

समाज


महोत्तरीमा भारतीय महिला सवार ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु, चार घाइते

महोत्तरीमा भारतीय महिला सवार ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु, चार घाइते

शैलेन्द्र महतो
मंसिर १२, २०७७ शुक्रबार १४:५७,

महोत्तरीको सम्सी गाउँपालिका ५ मा ट्याक्टर दुर्घटना हुँदा एक भारतीय महिलाको ज्यान गएको छ। अन्य चारजना घाइते भएका छन्।

मृत्यु हुनेमा ट्याक्टरको टेलरमा सवार भारत बिहार सीतामढी ग्रामपञ्चायत लालबन्दी दरबार ३ बस्ने ५० वर्षीया महरिया देवी छन्। ट्याक्टर पल्टिँदा टेलरमा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ।

शुक्रबार साँझ ना ४ त ८५७८ नम्बरको ट्याक्टर हुलाकी राजमार्ग अन्तर्गत सम्सी तर्फ जाँदै गरेको बेला अनियन्त्रित भएर सडकमै पल्टेको प्रत्यक्षदर्शीले बताएका भछन्।

यस्तै घाइते हुनेहरुमा भारत बिहार सीतामढी ग्रामपञ्चायत लालबन्दी दरबार ३ कै ४५ वर्षीया लक्ष्मीनिया देवी पण्डित, वर्ष १२ की खुसवु कुमारी पण्डित, वर्ष २८ की अमृता देवी पण्डित र सर्लाही कविलासी गाउँपालिका ४ बस्ने वर्ष ३५ की लालो देवी पण्डित घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको सम्सीकै जीवन ज्योती अस्पतालमा उपचार भइरहेको र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीचौकी पोखरभिण्डाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .