ad ad

समाज


भारतमा अस्पतालको आकस्मिक कक्षमा आगलागी हुँदा ५ जना कोरोना संक्रमितको मत्यु, ६ जना घाइते

भारतमा अस्पतालको आकस्मिक कक्षमा आगलागी हुँदा ५ जना कोरोना संक्रमितको मत्यु, ६ जना घाइते

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार २३:३७,

भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँच जना काेराेना संक्रमितको मृत्यु भएकाे छ।

भारतीय सञ्चारमाध्यमका अनुसार गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २ सय ३७ किलोमिटर पश्चिम राजकोट जिल्लास्थित शिवानन्द अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा शुक्रबार आगलागी  भएकाे हाे। 

जलेर पाँच जना काेराेनाका बिरामीको मृत्यु भएको छ  भने ६ जना भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीले जनाएका छन्। 

घटनापछि अस्पतालमा उपचाररत २२ बिरामीलाई अन्य अस्पतालमा सारिएकाे छ। विद्युत चुहावटका कारण आगलागी भएको अनुमान गरिएकाे छ। तर प्रस्ट भइसकेकाे छैन।

कारण पत्ता लगाउन अनुसन्धान समिति गठन गरिएकाे अधिकारीले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .