ad ad

समाज


रुकुम पश्चिममा जन्ती सवार जिप दुर्घटना, ४ जनाको मृत्यु

रुकुम पश्चिममा जन्ती सवार जिप दुर्घटना, ४ जनाको मृत्यु

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार २३:५८,

रुकुम पश्चिममा जन्ती सवार जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्।

प्रहरीका अनुसार जिल्लाको आठबीसकोट नगरपालिका–७ को पोखरामा रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको हो।

आठबीसकोट–२०, घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा आठबीसकोट–८ का ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको हो। दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .