ad ad

समाज


कोरोनाविरुद्धको नियम पालना नगर्ने दुई सरकारी अधिकारीलाई उत्तर कोरियामा मृत्युदण्ड

कोरोनाविरुद्धको नियम पालना नगर्ने दुई सरकारी अधिकारीलाई उत्तर कोरियामा मृत्युदण्ड

नेपालखबर
मंसिर १४, २०७७ आइतबार १०:११,

कोरोना प्रकोपबीच चीनको सीमाबाट सामान निर्यात नगर्ने सरकारको निर्णयविरुद्ध काम गरेपछि दुई सरकारी अधिकारीहरुलाई मृत्युदण्ड दिइएको समाचार संस्था एपीले जनाएको छ।

यसबीचमा उत्तर कोरिया कोरोनाविरुद्धको नियम पालना गराउन कडा रुपमा प्रस्तुत भएको पनि बताइएको छ।

उत्तर कोरियाले विभिन्न क्षेत्रमा लकडाउन कायम राखिराखेको छ भने त्यहाँका नदीहरुमा माछा मार्न पनि प्रतिबन्ध लागेको छ।

पानीलाई कोरोना रहित बनाउन माछा मार्न नै प्रतिबन्ध गरिएको जनाइएको छ। साथै समुद्री नुन उत्पादको कार्यलाई पनि तत्कालका लागि रोकिएको छ।

विश्वभर कोरोना भाइरसको प्रकोप फैलिसकेको छ। तर उत्तर कोरियामा हालसम्म एक जनामा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको त्यहाँको सरकारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .