महोत्तरीमा टिपरले किच्दा एक बालिकाको ज्यान गएको छ। ज्यान जानेमा औरही नगरपालिका ८ टिम्कीयाका नगेन्द्र बैठाकी १२ वर्षीया छोरी रोशनी बैठा छन्।
सडकमा खेलिरहेकी बालिकालाई आइतबार दिउँसो ना ७ ख ४७३९ नम्बरको टिपरले किच्दा बालिकाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ।
टिपर र चालकलाई नियन्त्राणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
261
Shares
प्रतिक्रिया