ad ad

समाज


मर्मतमा अर्बौँ डलर खर्च लाग्ने भएपछि भत्काइँदै आगलागीबाट क्षतिग्रस्त अमेरिकी नौसैनिक जहाज

मर्मतमा अर्बौँ डलर खर्च लाग्ने भएपछि भत्काइँदै आगलागीबाट क्षतिग्रस्त अमेरिकी नौसैनिक जहाज

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १६:१४,

आगलागीबाट क्षतिग्रस्त भएको अमेरिकी नौसेनाको एउटा जहाज मर्मत गर्न अर्बौँ डलर खर्च लाग्ने भएपछि त्यसलाई सेवाबाट हटाइने भएको छ।

क्यालिफोर्निया राज्यको सान डिएगो बन्दरगाहमा रहेका बेला जुलाईमा यूएसए बोनोम रिचर्ड नामक सो जहाज आगलागी भएको थियो।

सो जहाजको मर्मतमा २.५ देखि ३.२ अर्ब डलरसम्म खर्च लाग्ने नौसैनिक अधिकारीहरुले निष्कर्ष निकालेका छन्।

सो जहाजलाई अन्य तरिकाले उपयोग गर्न पनि झण्डै एक अर्ब डलर खर्च हुने देखिएको छ।

सेवाबाट हटाउन र जहाजलाई भत्काउन मात्र पनि ३ करोड डलर खर्च र एक वर्षको समय लाग्नेछ।

सो जहाजमा चार दिनसम्म आगो लागेको थियो। जुन अमेरिकी नौसैनिक इतिहासकै महंगो साबित भएको छ।

सन् १९९८ मा बनाइसकेर सेवामा प्रवेश गराउँदा सो जहाजमा ७५ करोड डलर खर्च भएको थियो। जुन अहिलेको हिसाबले १.२ अर्ब डलर हुन आउँछ।

अहिले अमेरिकी नौसेनाले सो खालको जहाज बनाउँदैन। त्यसलाई अमेरिका क्लास एम्फिबिअस एसल्ट जहाजले विस्थापित गरिएको छ। जुन बनाउन ४.१ अर्ब डलर लाग्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .