ad ad

समाज


कोरोनाविरुद्ध परीक्षण खोप लगाएर पनि भारतका प्रदेश मन्त्रीलाई भयो कोरोना संक्रमण !

कोरोनाविरुद्ध परीक्षण खोप लगाएर पनि भारतका प्रदेश मन्त्रीलाई भयो कोरोना संक्रमण !

नेपालखबर
मंसिर २०, २०७७ शनिबार १५:३४,

भारतको हरियाणा राज्यका गृहमन्त्री अनिल विजलाई कोरोनाविरुद्ध परीक्षण खोप लगाएर पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत मन्त्री विजले आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन्। उनले आफूसँग नजिकको सम्पर्क गर्ने व्यक्तिहरूलाई कोरोना परीक्षण गर्न सुझाव दिएका छन्।

भारतमा सञ्चालित कोरोनाविरुद्ध खोपको तेस्रो परीक्षणअन्तर्गत गत नोभेम्बर २० मा सबैभन्दा पहिले उनले खोप लगाएका थिए। त्यसको २८ दिनपछि उनी खोपको दोस्रो डोज लिनेवाला थिए। तर पहिलो डोज लगाएको १४ दिनमा उनी कोरोनाबाट संक्रमित भएका हुन्।

खोप निर्माता भारत बायोटेक कम्पनीको स्पष्टीकरण
परीक्षण खोप लगाएको मानिस कोरोनाबाट संक्रमित भएपछि खोप निर्माता भारत बायोटेक कम्पनीले स्पष्टीकरण दिएको छ। उसका अनुसार कोभ्याक्सिनको परीक्षण तालिका नै दुईपटकका लागि बनाइएको हुन्छ। २८ दिनभित्र दुई डोज लगाउनुपर्ने हुन्छ। दोस्रो डोज लगाएपछि मात्र खोपले आफ्नो प्रभाव देखाउँछ। दैनिक भास्करबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .