ad ad

समाज


गुल्मीमा ७२ वर्षकाे उमेरमा सम्बन्ध विच्छेद !

गुल्मीमा ७२ वर्षकाे उमेरमा सम्बन्ध विच्छेद !

नेपालखबर
मंसिर २०, २०७७ शनिबार २३:३७,

गुल्मीमा एक वृद्ध दम्पपतीले सम्बन्ध विच्छेद गरेका छन्।

गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले गुल्मी जिल्ला अदालतमा शनिबार सम्बन्ध विच्छेद गरेका हुन्।

आफ्ना पहिलेका श्रीमानकाे मृत्यु भइसकेपछि वि‍.सं २०५२ मा बाटुलीले तीलबहादुरसँग दोस्रो बिहे गरेकी थिइन्। सामान्य मनमुटावका कारण घरमा सधैँभरि झगडा गरेर बस्नुभन्दा बाच्दासम्म शान्तिसँग बस्न पाइयोस् भनेर सम्बन्ध विच्छेद गर्ने सोच बनाएको श्रीमती बाटुली विकले बताइन्।

यी वृद्ध दम्पतीले जिल्ला अदालतबाट कानुनी रुपमा सम्बन्ध विच्छेद गरेर अलगअलग बस्ने निधो गरेका हुन्। यी दम्पती आफ्ना छोराछोरी र नातीसँगै सम्बन्ध विच्छेदका लागि शनिबार अदालत पुगेका थिए।

“बाबा आमा दुवैको सहमतिअनुसार सम्बन्ध विच्छेद भएको हो”, तीलबहादुरका राइलो छोरा देवेन्द्र विश्वकर्माले भने।

“दुई/चार वर्ष बाँच्दासम्म किन सधैँभरि झगडा र कचकच गरेर बस्ने? कान सुन्दैनन्, एउटा कुरा गर्दा अर्को सुन्ने र झगडा गर्ने बानी छ, त्यही भएर कचकच गरेर बस्नुभन्दा कानुनी रुपबाटै डिभोर्स गर्ने सोच बनाए”, बाटुलीले भनिन्।

गुल्मीमा आजभोलि सम्बन्ध विच्छेदका घटना दिनानुदिन बढ्दै जान थालेका छन्। गुल्मी जिल्ला अदालतमा ७२ वर्षको उमेरमा सम्बन्ध विच्छेदको घटना यो पहिलो हो।

“यसअघि ५५ वर्षसम्मका जोडीबीच सम्बन्ध विच्छेद भएको जानकारी पाएको छु, अदालतमा धेरै सम्बन्ध विच्छेदका मुद्दा आउने गर्दछन् तर सम्भवतः ७२ वर्ष उमेरमा भएको सम्बन्ध विच्छेदको यो नै पहिलो घटना हो”, जिल्ला अदालत गुल्मीका तहसिलदार दीपेन्द्रकुमार तीवारीले भने।

नयाँ मुलुकी सहिंता जारी भएसँगै जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ। अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन्। चालु आर्थिक वर्षको अहिलेसम्म ५४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये २६ फस्र्यौट भइसकेको तहसिलदार तिवारीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .