ad ad

समाज


मध्यराति डोटीमा जीप दुर्घटना हुँदा वडासचिवसहित ३ जनाको मृत्यु, ५ घाइते

मध्यराति डोटीमा जीप दुर्घटना हुँदा वडासचिवसहित ३ जनाको मृत्यु, ५ घाइते

नेपालखबर
मंसिर २१, २०७७ आइतबार १:०,

गएराति डोटीमा जीप दुर्घटना हुँदा वडासचिवसहित ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।

सदरमुकाम दिपायलबाट डोटीको बोगतान फुदसिल तर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जीप गएराति १ बजे बोगतान फुदसिल- ७ मा दुर्घटना भएको डोटीका प्रहरी प्रमुख एसपी जनकराज पाण्डेले जानकारी दिए।

‘दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, पाँच जना घाइते भएका छन्,’ एसपी पाण्डेले आइतबार बिहान नेपालखबरसँग भने, ‘घाइतेलाई उपचारको लागि दिपायल ल्याइँदै छ।’

दुर्घटनामा बोगतान फुदसिल-७ की वडा सचिव मञ्जु त्रिपाठी, केआइसिंह गाउँपालिका ४ का हरिनारायण भट्टको मृत्यु भएको छ। अर्का मृतकको सनाखत हुन नसकेको एसपी पाण्डेले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .