कुटपिट गरेको आरोपमा सिन्धुपाल्चोकमा ८४ वर्षीय बृद्ध पक्राउ परेका छन्।
आफ्नै भाइ ७५ वर्षीय पेमा घ्याम्सो लामालाई कुटपिट गरेको अभियोगमा लिसंखुपाखर गाउँपालिका–२ भलोटीका ८४ वर्षीय कर्मा ओङ्चु लामालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरी शुक्रबार पेमा र कर्माबीच झगडा हुँदा पेमा घ्याम्सो लामा घाइते भएका थिए। घरमै सुतेका उनको शनिबार दिउँसो सुतेको अवस्थामा मृत्यु भएपछि कर्मा पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय बाह्रविसे र प्रहरी चौकी लिशंखुबाट खटिएको प्रहरीले कर्मालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया