नेकपा सचिवालय सदस्य रामबहादुर थापा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन्।
आइतबार बिहान गृहमन्त्रीसमेत रहेका थापा उपाध्यक्ष गौतमलाई उनकै निवासमा पुगेर भेटवार्ता गरेको स्रोतले जनाएको छ।
भेटमा नेता थापाले उपाध्यक्ष गौतमलाई पार्टीभित्रको विवादमा निर्णयक भूमिका खेल्न आग्रह गरेको स्रोतले बतायो।
‘तपाईं हाम्रो नेता हो, यसअघि पनि तपाईंको प्रस्तावले पार्टीलाई फुटबाट जोगाएको थियो’, थापाले गौतमलाई भनेको भनाइ उद्धृत गर्दै स्रोतले नेपालखबरसँग भन्यो, ‘तपाईं निर्णयक भूमिका खेल्नुहोस्, तपाईंले भने अनुसार हामी चल्छौँ।’
शनिबार बसेको सचिवालय बैठकमा नेता थापाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन अध्ययन गर्न तीन सदस्यीय कमिटी बनाउने प्रस्ताव गरेका थिए।
सो कमिटीमा गौतमलाई संयोजक बनाउन महासचिव विष्णु पौडेलले गरेको प्रस्ताव उनले अस्वीकार गरेका थिए। गौतमलाई सोही प्रस्तावमा मनाउन थापा उनलाई भेटन पुगेका हुन्।
यो पनि : वामदेवलाई ईश्वर पोखरेलको प्रस्ताव : चुनावी प्रधानमन्त्री बन्नुहोस्
प्रतिक्रिया