शनिबार बिहानै न्युयोर्कको कोलिजियट चर्चमा आगलागी भएको बीबीसीले जनाएको छ।
उक्त आगलागीमा चार अग्नीनियन्त्रक आगो निभाउने क्रममा सामान्य घाइते भएको त्यसबाहेक कुनै अप्रिय घटना नभएको बताइएको छ।
शनिबार बिहानै आगलागी भएको थियो। आगलागीले सन् १८९२ मा बनेको यस चर्चमा क्षति पुगेको र त्यसलाई फेरि पुनःनिर्माण गर्न गाह्रो हुने बताइएको छ।
यस चर्चले कालाजाति, एलजीबीटीक्यू लगायत पर्यावरण संरक्षणको अभियानमा सहयोग पुर्याएको थियो।
प्रतिक्रिया