पोखरामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी मेडिकल कलेजमा उपचाररत दुई र फिस्टेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको हो।
पोखरा महानगरपालिका १६ का ५९ वर्षीया महिलाको बुधबार बिहान ५. २० बजे फिस्टेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ती महिलामा मंसिर १७ गते कोरोना पुष्टि भएको थियो।
त्यस्तै गण्डकी मेडिकल कलेमा उपचाररत पोखरा १५ का ६७ वर्षीय पुरुषको पनि बुधबार बिहान ४.२० बजे निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। ती पुरुषमा मंसिर २१ गते कोरोना पुष्टि भएको थियो। उनमा मधुमेह र स्वास्प्रश्वास सम्बन्धी समस्या रहेको थियो।
त्यस्तै गण्डकी मेडिकल कलेजमै उपचाररत पोखरा महानगरपालिका १४ का ७४ वर्षीय पुरुषको मंगलबार बिहान निधन भएको हो। ती पुरुषमा मंसिर १७ गते कोरोना पुष्टि भएको थियो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १७६ पुगेको छ।
प्रतिक्रिया