ad ad

कारोबार


४० अंकले घट्यो सेयरबजार, पौने ५ अर्बको कारोबार

४० अंकले घट्यो सेयरबजार, पौने ५ अर्बको कारोबार

नेपालखबर
मंसिर २४, २०७७ बुधबार १०:४,

सेयरबजारमा आज पौने पाँच अर्बको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार २०१ कम्पनीहरुको ४ अर्ब ७४ करोडभन्दा बढीको सेयर किनबेच भएको हो।

आज दिनभरिमा ४६ हजार ४७५ पटक खरिदबिक्री भएको छ। यद्यपि नेप्से सूचक भने ३९.६० अंकले घटेको छ। अघिल्लो हप्ता नौ अर्बसम्मको कारोबार भएर कीर्तिमान बनाएपछि निरन्तर रुपमा सूचक र कारोबार रकम घट्दै सेयरबजारमा सुधार देखिँदै आएको छ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक आज ८.४७ अंकले घटेको छ। आज १ करोड ८ लाखभन्दा बढी कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ।

लगानीकर्ताको आकर्षण आज जलविद्युत् समूहमा केन्द्रित देखिएको छ। यो समूहको सूचक आज २२.८९ अंकले हरियो भए पनि बाँकी ११ समूहको सूचक रातो भएका छन्।

आज पनि ४२ करोडको सेयर कारोबारसहित नेपाल पुनर्बीमा कम्पनी शीर्ष कारोबारकर्ता बनेको छ भने माथिल्लो तामाकोशी जलविद्युतको २५ करोडको कारोबार भएको छ। त्यसपछि २३ करोडको कारोबार गर्दै अरुण काबेली पावर कम्पनी तेस्रो धेरै कारोबारकर्ता बनेको छ। यसबाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २० करोडको र रसुवागढी हाइड्रोपावरको १३ करोडको सेयर किनबेच भएको छ।

आज दुईवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। नारायणी विकास बैंक र साञ्जेन जलविद्युत् कम्पनीको क्रमशः ९.९२ र ९.८९ प्रतिशतले सेयर मूल्य बढेको हो। त्यस्तै रसुवागढी हाइड्रोको पनि ७.३२ प्रतिशतले सेयर बढेको छ। त्यस्तै प्रभु बैंक लिमिटेड प्रोमोटर सेयरको पनि ७.१४ प्रतिशतले सेयर बढेको नेप्सेले जनाएको छ।

त्यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले आज गुमाएका छन्। कम्पनीको सेयर मूल्य ५.५६ प्रतिशतले घटेको छ। यो नै आजको सर्वाधिक मूल्य गिरावट हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .