ad ad

समाज


स्कुल बसबाट खसेर विद्यार्थीको ज्यान गयो

स्कुल बसबाट खसेर विद्यार्थीको ज्यान गयो

शैलेन्द्र महतो
मंसिर २४, २०७७ बुधबार १४:०,

महोत्तरीमा स्कुल बसबाट खसेर एक विद्यार्थीको ज्यान गएको छ। रामगोपालपुर नगरपालिका ५ मा रहेको जानकी युगान्तर इङलिस बोर्डिङ स्कुलको कक्षा ६ मा अध्ययनरत्त विद्यार्थी १४ वर्षीय मोदसी सेकको मृत्यु भएको हो।

बुधबार दिउँसो स्कुल विदा भएपछि बा ३ ख २३९७ नम्बरको स्कुल बसमा चढेर घर गइरहेको बेला गोठ बनौली पुल नजिक लडेर विद्यार्थी सेकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बसको मुख्य ढोका निर उभिरहेका बेला चालकले ब्रेक लगाउँदा विद्यार्थी सेक बसबाट लडेका थिए। घटना पश्चात भाग्न खोजेका चालकलाई नियन्त्रणमा लिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .