ad ad

समाज


विप्लवका गतिविधि बढेपछि बर्खेमा प्रहरी चौकी स्थापना हुने

विप्लवका गतिविधि बढेपछि बर्खेमा प्रहरी चौकी स्थापना हुने

नेपालखबर
मंसिर २४, २०७७ बुधबार १४:३१,

मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेमा प्रहरी चौकी स्थापना हुने भएको छ। त्यस क्षेत्रमा पहिलेदेखि नै विप्लव समूहले गतिविधि बढाएको थियो।

विप्लव समूहले मंगलबार बिहान मात्रै स्थानीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या समेत गरेको थियो। विप्लव समूहका गतिविधि बढेको र आफूहरु असुरक्षित भएको भन्दै स्थानीयले शान्ति सुरक्षा माग गरेका थिए।

जिल्ला सुरक्षा समितिको बैठकले स्थायी प्रहरी चौकी माग गरेको र प्रदेशले उक्त माग केन्द्रमा पठाएको प्रदेश नं १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) इश्वरबाबु कार्कीले बताए।
‘त्यस क्षेत्रमा हिजोबाटै प्रहरी तैनाथ छ, अब प्रहरी चौकी स्थापना नभएसम्मका लागि टोली फर्किंदैन’, कार्कीले भने, ‘त्यो क्षेत्र सुरक्षा संवेदनशील देखियो। जिल्लाबाट कभर गर्न गाह्रो भएकाले त्यहाँ टोली राख्न जरुरी छ।’

सरस्वती आधारभूत विद्यालयका शिक्षक समेत रहेका श्रेष्ठलाई मंगलबार बिहान घरबाट लगेका विप्लवका कार्यकर्ताले जंगलमा बिभत्स हत्या गरेका थिए।

घाँटी काटिएको अवस्थामा श्रेष्ठको शव फेला परेको थियो। शिक्षकको हत्या गरेर भागेका विप्लव कार्यकर्ताको प्रहरीले त्यस क्षेत्रमा खोजिकार्य तिब्र बनाएको छ।

यो पनि : 

शिक्षक श्रेष्ठको हत्याका दोषीलाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

शिक्षक हत्या : पछाडि हात बाँधेर लगेका नकावधारीले मारेर जंगलमा छाडे

प्रधानाध्यापकको घाँटी रेटी हत्या, ९ घण्टापछि बल्ल घटनास्थल पुग्यो प्रहरी

शिक्षकको दर्दनाक हत्याको जिम्मा विप्लव समूहले लियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .