ad ad

समाज


धनुषामा ट्याक्टर दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

धनुषामा ट्याक्टर दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

शैलेन्द्र महतो
मंसिर २७, २०७७ शनिबार ६:३,

धनुषामा शुक्रबार साँझ भएको ट्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्याक्टरका चालक क्षिरेश्वरनाथ नगरपालिका ७, दुर्गाटोल बस्ने २७ वर्षीय शिवनाथ सदा र ट्याक्टरमा सवार सोही स्थानका २४ वर्षीय नन्दु यादव रहेका छन्।

मिथिला नगरपालिका ४ स्थित चमेनीमाई मन्दिरमा भाकल चढाई फर्किने क्रममा चमेनी खोलामा ज १ त ८३५१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। प्रहरीका अनुसार ट्याक्टर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको छ।

मृतक दुबै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .