ad ad

समाज


देशव्यापी आन्दोलन गर्न प्रेरित गरेको भन्दै इरानले एक पत्रकारलाई मृत्युदण्ड दियो

देशव्यापी आन्दोलन गर्न प्रेरित गरेको भन्दै इरानले एक पत्रकारलाई मृत्युदण्ड दियो

नेपालखबर
मंसिर २७, २०७७ शनिबार ६:४,

सन् २०१७ मा देशव्यापी आन्दोलन गर्न प्रेरित गरेको भन्दै इरानले ती पत्रकारलाई मृत्युदण्ड दिएको एपीले जनाएको छ।

सन् २०१७ मा अर्थतन्त्रको विषयमा इरानमा देशव्यापी बृहत आन्दोलन भएको थियो। इरानी समाचार संस्था इर्नाका अनुसार ४७ वर्षका रुहोल्लाह जामलाई शनिबार झुन्ड्याइएको हो।

यसअघि उनी देशनिकाला गरिएका थिए। देश फर्किएको एक महिनामै उनले आन्दोलन चर्काउन भूमिका खेलेको बताइएको छ।

गत जुन महिनामा उनलाई इरानी अदालतले मृत्युदण्ड दिने फैसला गरेको थियो। उनले भ्रष्टाचार गरेर सरकारलाई उल्ट्याउन खोजेको आरोप लगाइएको थियो।

पत्रकार रुहोल्लाहको वेबसाइट अमदन्युजले इरानमा प्रदर्शनलाई उक्साएको आरोप लगाइएको छ।

सन् २०१७ को आन्दोलनको क्रममा ५ हजार मानिसलाई प्रहरीले गिरफ्तार गरेको थियोभने २५ जनाको मृत्यु भएको थियो।

समाचार लेखेकै कारण उनलाई झुन्ड्याइएको भन्दै यतिबेला विश्वभरका अधिकारवादी संस्थाले यस कार्यको विरोध गरेका छन्।

रिपोर्टर्स विथआउट बोर्डरका अनुसार इरानमा प्रेस स्वतन्त्रताको अवस्था निकै नाजुक छ। सन् २०२० को तथ्यांक अनुसार इरान प्रेस स्वतन्त्रता भएको देशको १७३ औं स्थानमा छ।

१८० औं स्थानमा उत्तर कोरिया छ। नर्वे, फिनल्यान्ड, डेनमार्क लगायतका देशमा भने प्रेस स्वतन्त्रताको अवस्था निकै उत्कृष्ट छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .