ad ad

समाज


काठमाडौंमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौंमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपालखबर
मंसिर २९, २०७७ सोमबार १६:१५,

काठमाडौंको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका–२ स्थित सडकमा ना२क ३२३ नम्बरको निसान गाडी अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका–७ का २४ वर्षीय मानकुमार माझी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

गाडी सडकदेखि २५० मिटर तल खसेको थियो। गाडीका चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .